बेहुली बन्दा प्रियंकाले लगाइन ७५ फुट लामो पहिरन, विश्वनै बन्यो चकित

डिसी नेपाल
१९ मंसिर २०७५ १८:५४

काठमाडौँ । सेतो र ७५ फुट लामो यो के हो ? यो हो प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन। बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको यो वेडिङ गाउन सार्वजनिक गरिन्।

प्रियंका र अमेरिकी कलाकार निक जोनले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए। बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो।

केही महिनाको गहिरो प्रेमपछि प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफूले विवाह गर्न लागेको घोषणा गरेका थिए। अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन्।

धेरै ठूलो भएकाले त्यो घुम्टो बोक्न अरूको सहयोग आवश्यकता परेको थियो। केहीले प्रियंकाको घुम्टोले डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टोलाई जितेको भनेर टिप्पणी गरेका छन्। प्रियंका चोपडाको यो पहिरनमा हातले नै मोती भरिएको थियो।

शनिबार जोधपुरको उम्मेद भवन राजमहलमा आयोजित समारोहमा यो पहिरन लगाएकी थिइन्। ईसाई परम्परानुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए। उनी आफैँ पादरी हुन्। बीबीसीबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *