साउदी अरबमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

डिसी नेपाल
१५ मंसिर २०७८ १६:१३
848
Shares

काठमाडौं। साउदी अरबमा बुधबार कोरोनाभाइरसको नयाँ ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उत्तरी अफ्रिकाको एक देशबाट आएका व्यक्तिमा यो केस पुष्टि भएको हो । साउदी अरबमा ओमिक्रोन भेरिएन्टको संक्रमणको यो पहिलो पुष्टि भएको केस हो ।

एसपीएका अनुसार यी संक्रमित व्यक्ति साउदी अरबकै नागरिक हुन् । संक्रमित र उनको सम्पर्कमा आएका सबैलाई आइसोलेट गरिएको छ । मध्यपूर्व र उत्तरी अफ्रिकामा यो ओमिक्रोनको पहिलो केस हो । साउदीले आज नै कैयौं देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले पछिल्लो समय कोरोनासँग सम्बन्धित प्रतिबन्ध लगातार खुकुलो पार्दै गइरहेको छ ।

आज साउदीले भारत, इजिप्ट, पाकिस्तान, इण्डोनेसिया, ब्राजिल र भियतनाममाथि लगाएको यात्रा प्रतिबन्ध फुकुवा गरेको हो । अब यी ६ देशबाट मानिसहरु साउदी अरबमा जान सक्छन् । यी देशबाट पछिल्लो १४ दिनमा अन्य देशको यात्रा नगरेका व्यक्ति साउदी जान सक्छन् । साउदी जानेहरुले वैध पीसीआर नेगेटिभ रिपोर्ट भने देखाउनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *