५१ लाख अक्षयकाेषसहित साहित्यकार दाहाल यज्ञनिधिका नाममा संस्था स्थापना

डिसी नेपाल
२० मंसिर २०७८ १४:४९
116
Shares

काठमाडौं। साहित्यकार एवं लाेकप्रिय रेडियो प्रस्तोता दाहाल यज्ञनिधिकाे नाममा साहित्यिक, सामाजिक संस्थाकाे स्थापना गरिने भएकाे छ। ५१ लाख रूपैयाँ अक्षयकाेष सहित दाहाल यज्ञनिधि-सुधा सदनकाे स्थापना गरिने भएकाे हाे।

साहित्यकार दाहालकी धर्मपत्नी सुधा दाहालकाे अध्यक्षतामा गठित उक्त संस्थामा डा.रमेश शुभेच्छुक- उपाध्यक्ष, ठाकुर बेलवासे -सचिव र नन्दराज पाेखरेल काेषाध्यक्ष रहेका छन्।

यस्तै सदस्यहरूमा साहित्यकार डा.विष्णु राई , गायिका लाेचन भट्टराई, साहित्यकार निलम कार्की निहारिका, पत्रकार दिनेश लुइँटेल र जिवनिधि दाहाल रहेका छन्।

संस्थाकाे संरक्षकमा दाहालकी माता कृष्णकुमारी दाहाल रहेकी छिन्। सामाजिक अभियान्ता समेत रहेका साहित्यकार दाहालकाे निधन २०७५ साउनमा भएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *