कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

डिसी नेपाल
२१ मंसिर २०७८ २१:५८

काठमाडौं।नेपाली कांग्रेसका युवानेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता शाहीले आज पत्रकार सम्मेलन गरी पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उहाँले युवाको जोस, जाँगर, उत्साह र २१औँ शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडि बढाउने उद्देश्यका साथ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले आफ्नो जीवनको महत्वपूर्ण समय नेविसङ्घलाई बलियो बनाउन खर्चिएको भन्दै अब कांग्रेस बलियो बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उल्लेख गरे ।

नेता शाहीले आफू केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सबैको स्वामित्व स्थापित हुने कांग्रेस र सबैको सर्वोच्चता स्थापित हुने कांग्रेस बनाएर सु–सङ्गठित, गतिशील र बलियो कांग्रेस बनाएर निकट भविष्यमा हुने गइरहेको तीनवटै तहको निर्वाचनमा सबै तहको सरकार कांग्रेसको बनाउन लाग्ने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *