भारतीय सेनाका सर्वोच्च कमाण्डर सिडिएस बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना

डिसी नेपाल
२२ मंसिर २०७८ १३:५३
3.2k
Shares

काठमाडौं। भारतका सबै सेनाका प्रमुख चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो ।

सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय मिडियाले जनाएका छन् । उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समाचारमा जनाइएको छ ।

मौसममा आएको खराबीका कारण दुर्घटना भएको बताइएको छ तर दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन । यो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, उनकी पत्नी समेत भएको बताइएको छ ।

दुर्घटनामा ३ जना गम्भीर रुपले घाइते भएको बताइउको छ । यी सबैलाई वेलिंग्टन बेसमा उपचारको लागि लगिएको छ । अरुको उद्धार जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *