कांग्रेस इतरले आज पनि साझा उम्मेदवार छान्न सकेन

डिसी नेपाल
२२ मंसिर २०७८ १८:३०
204
Shares

काठमाडौं । साझा उम्मेदवार तय गर्नका लागि चाक्सीबारीमा बसेको संस्थापन इतरको बैठक सकिएको छ।

बुधबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले साझा नेता चयन गर्न नसकेको हो।

अब भोलि सभापतिका आकांक्षी बाहेकको बैठक बसेर निष्कर्ष निकालेर पुनस् आकाक्षीसँग बस्ने तयारी गरिएको नेता गुरु घिमिरेले जानकारी दिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला साझा उम्मेदवार चयनका लागि लचिलो हुन तयार भएपनि शेखर कोइराला र प्रकाशमान अडानबाट पछि नहट्दा समस्या भएको बैठकपछि नेता घिमिरेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.