चहलपहल घट्दा सुनसान देखियो ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र (तस्बिरहरू)

डिसी नेपाल
३ साउन २०८३ १३:०९

काठमाडौं। काठमाडौँको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको वसन्तपुर क्षेत्र आजभोलि निकै सुनसान देखिएको छ।

सामान्यतया आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो चहलपहल र भीडभाड भइरहने वसन्तपुर दरबार क्षेत्रमा पछिल्लो समय मानिसहरूको उपस्थिति निकै कम देखिएको छ।

काठमाडौँ उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य र स्थानीयहरूको सांस्कृतिक भेटघाटको केन्द्रका रूपमा चिनिने यस ऐतिहासिक परिसरमा एकाएक मानिसहरूको आवतजावत घट्दा त्यहाँका पुरातात्त्विक सम्पदाहरू वरपरको वातावरण शान्त र सुनसान बनेको हो।

दैनिक जसो भीडभाड हुने गल्ली र मन्दिरका पेटीहरू यतिबेला खाली देखिएका छन्।

तस्बिरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *