मन्त्री विश्वकर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौं ।गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्माले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित विश्वकर्माले दलिततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउन उम्मेदवारी दिन लागेको विश्वकर्माले बताउए। गरिब तथा निमुखाको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनको भनाइ छ । “सबैको सल्लाह, सुझावअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु”, उनले भने, “सबै महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहनेमा ढुक्क छु ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment