भारतीय सीडीएसको मृत्युमा चीन कनेक्सन ! चीनको प्रमुख सरकारी मिडिया आक्रामक

डिसी नेपाल
२३ मंसिर २०७८ १४:२४
76.9k
Shares

काठमाडौं। भारतका पहिलो चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हिजो हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । सीडिएस रावत, उनकी पत्नी मधुलिकासहित १३ जनाको ज्यान जानेगरी भएको यो दुर्घटनाको विषयमा अन्तर्राष्ट्रिय सुरक्षा र हतियार नियन्त्रणका मुद्दाका विज्ञ, भू रणनीतिकार तथा लेखक ब्रह्मा चेलानीको प्रतिक्रियाले अहिले निकै हलचल ल्याएको छ । चेलानीको धारणा सार्वजनिक भएसँगै चीनको प्रमुख सरकारी अखबार ग्लोबल टाइम्सले यस विषयमा कडा र आक्रामक प्रतिक्रिया दिएको छ ।

प्रोफेसर चेलानीले सीडीएस रावतको हेलिकप्टर दुर्घटनाको विषयमा सिलसिलेवार ट्वीट गरेका छन् । उनले ट्वीटमा सीडीएस रावत र ताइवानका चीफ अफ जनरल स्टाफ जनरल शेन यि मिंगको हेलिकप्टर दुर्घटनामै भएको मृत्युमा समानता भएको दावी गरेका छन् । प्रोफेसर चेलानीले ट्वीट गर्दै लेखेका छन् ‘पछिल्लो २० महिनामा सीमामा तनावका कारण हिमालयको मोर्चामा युद्धजस्तो स्थिति उत्पन्न भएको थियो । यस्तो समयमा भारतका सीडीएस, उनकी पत्नी र ११ अन्य सैन्यकर्मीको हेलिकप्टर दुर्घटनामा मृत्युको घटना योभन्दा खराब समयमा हुन सक्दैन ।’

उनले आफ्नो एक ट्वीटमा जनरल रावतको मृत्यु र ताइवानका जनरल स्टाफका प्रमुखको मृत्युमा डरलाग्दो समानता भएको दावी गरेका छन् । २०२० को सुरुवातमा ताइवानका चीफ अफ जनरल स्टाफ जनरल शेन यि मिंगको हेलिकप्टर पनि दुर्घटना भएको थियो र २ प्रमुख जनरलहरुसहित सात जनाको मृत्यु भएको थियो । यी दुवै हेलिकप्टर दुर्घटनामा ती २ सेनाका प्रमुखको मृत्यु भयो जो यस क्षेत्रमा चीनको आक्रामकताको विरुद्ध थिए ।

उनले अर्को ट्वीटमा लेखेका छन् ‘यी अनौठा समानताको यो अर्थ होइन कि दुवै हेलिकप्टर दुर्घटनामा कुनै सम्बन्ध छ वा कुनै बाहिरी शक्तिको हात छ । जे भए पनि प्रत्येक दुर्घटनाले महत्वपूर्ण प्रश्न उठाएका छन् । विशेष रुपले शीर्ष जनरललाई लिएर जाने सैन्य हेलिकप्टरको रखरखावको बारेमा ।’

ग्लोबल टाइम्सले चेलानीको ट्वीटलाई रिट्वीट गर्दै उनीमाथि कडा कटाक्ष गरेको छ । ग्लोबल टाइम्सले लेखेको छ ‘यो दृष्टिकोणको हिसाबले त अमेरिकाको पनि यो हेलिकप्टर दुर्घटनामा भूमिका हुन सक्छ किनकि भारत र रुस एस–४०० मिसाइल रक्षा प्रणालीको साथमा अगाडि बढिरहेका छन् र अमेरिकाले यो डीललाई लिएर कडा विरोध जनाएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *