विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ
काठमाडौं। आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ।
गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गरेका थिए। तर, करिब डेढ महिनासम्म शपथसमेत गराउन नसकेको अखिल क्रान्तिकारीले बुधबार प्रज्ञा भवनमा शपथ ग्रहण कार्यक्रम राखेको छ।
गत २७ मंसिरमा अध्यक्ष सिंहले केन्द्रीय सदस्यको नाम सार्वजनिक गरे पनि विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यदेखि पूर्व अध्यक्ष रञ्जित तामाङसमेतको असन्तुष्टिको बीच अध्यक्ष सिंहले शपथ ग्रहण कार्यक्रम राखेकी हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment