भरुवा बन्दुकसहित एक जना पक्राउ
काठमाडौं। अछामको मेल्लेख गाउँपालिका-६ सिमसेली बस्ने ३३ वर्षीय भिमबहादुर खत्रीलाई भरुवा बन्दुक एक थानसहित प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले खत्रीको गोठ तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment