सभामुख सापकोटाको आग्रहलाई एमाले सांसदको बेवास्ता
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अवरोध नगर्न गरेको आग्रहलाई एमाले सांसदहरूले बेवास्ता गरिरहेका छन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै आएका छन्। बुधबार पनि बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्।
सोही बेला सभामुख सापकोटाले संसदीय नियमावली स्मरण गराउँदै अदालतमा विचाराधीन विषयलाई नउचाल्न आग्रह गरेका छन्।
संसद बैठक सुचारु हुने वातावरण बनाउन विशेष आग्रह गरे पनि एमाले सांसदले बेवास्ता गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment