माओवादी सम्मेलन : खाना र बसोबास प्रतिनिधि स्वयंको, खाजाको दायित्व मात्र पार्टीको

डिसी नेपाल
८ पुष २०७८ १२:१६
144
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ। आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो।

‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान बेलुकाको खाना तथा बसोबासको ब्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘पाँच दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ, पाँच दिन फरक फरक खाजाको मेन्यु बनाइएको छ।’

उनका अनुसार मासु चिउरासहित पनिर लगायतको भेराइटीहरु मेन्युमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *