‘जनताको हितका लागि सरकार सधैं तत्पर’
काठमाडौं। गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जनहितका कार्य गर्न प्रदेश सरकार सधैं तयार रहेको बताएका छन्। रुपाताल तमु समाजद्वारा पोखरा महानगरपालिका–३२ खोलाको छेउमा आयोजित चौथो साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता एवम् ब्याडमिन्टन प्रतियोगिताको आज उद्घाटन गर्दै उनले गण्डकी प्रदेश प्राकृतिक सुन्दरताजस्तै कला संस्कृतिको हिसाबले पनि धनी रहेको बताए ।
कला संस्कृतिको संरक्षणसँगै खेलकुद र विकास निर्माणमा संस्थाले गर्दै आईरहेका कार्यको प्रशंसा गर्दै उनले अन्य सामाजिक संस्थाले यस्ता कामको अनुसरण गर्नुपर्ने बताए । लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका अध्यक्ष नविन पुनले खेल क्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउँदै देखिएका चुनौतीलाई अवसरको रुपमा लिएर यसको विकासमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।कार्यक्रममा संस्थाका अध्यक्ष चेसबहादुर गुरुङ, सचिव भिमबहादुर गुरुङलगायतले बोलेका थिए ।
भलिबल प्रतियोगितामा एजु युथ क्लव र नव किरणको विजयी शुरुवात गरेका छन् । आजको उद्घाटन खेलमा एजु युथ क्लव ढुङ्गेपाटनले जन कल्याण युथ क्लवलाई २२–२५ र २४–३६ को सोझो सेटमा हराउँदै विजयी यात्रा तय गरेको हो । आजै भएको दोस्रो खेलमा नव किरण युथ क्लव दमौलीले आयोजक रुपाताल तमु समाज बिलाई १५–२५ र २४ – ३६ ले हराएको छ । भलिबलतर्फका बाँकी खेल एवम् व्याडमिन्टन प्रतियोगिता शनिबारबाट हुने आयोजकले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment