माओवादी महाधिवेशनस्थलको रौनक (फोटो फिचर)

डिसी नेपाल
११ पुष २०७८ १५:१४
60
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा हुँदैछ। यसअघि पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन भन्दै आएपनि अन्तिम समयमा आएर महाधिवेशनमा रुपान्तरण गरेको हो।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा अपराह्न तीन बजे महाधिवेशन उद्घाटन समारोह हुने कार्यतालिका रहेको छ। जसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’महाधिवेशनस्थल पुगिसकेका छन्।

यसअघि निर्धारण भएको सम्मेलनमा कुनैपनि राजनीतिक दलका अतिथिलाई नबोलाउने निर्णय भएपनि महाधिवेशनमा रुपाान्तरण गरेपछि सबैदलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ।

आजबाट सुरु भएर १३ गतेसम्म चल्ने महाधिवेशनको रौनक व्यापक रुपमा देखिएको छ। देशभरबाट करिब १५ सय प्रतिनिधि चयन गरेको माओवादीले अध्यक्षमा प्रचण्डलाई नै दोहोर्याउने लगभग निश्चित भएपनि अन्य पदाधिकारीहरुमा निर्वाचन हुनसक्ने माओवादी निकटस्थहरु बताउँछन्।

 

 

 

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *