माओवादी महाधिवेशन : समूहको निष्कर्ष- एमसीसी खारेज गर्नुपर्छ, श्रम नगर्ने असभ्य हुन्

डिसी नेपाल
१४ पुष २०७८ १३:४४
140
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलको बुधबार समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्यतालितका छ।

महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए। प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो ।

समूहगत छलफलपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । हरेक समूहलाई निष्कर्ष प्रस्तुत गर्न १५ मिनेटको समय छुट्याइएको छ।

जसअनुसार प्रदेश १ को समूह ४ ले एमसीसी खारेज गर्नुपर्ने र श्रम नगर्ने असभ्य नागरिक रहेका निष्कर्ष पेस गरेको छ । समूहका सदस्य पदमबहादुर राईले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) खारेज गर्नुपर्ने बताए । आफ्नो समूहले निकालेको निष्कर्षको रूपमा उनले एमसीसी खारेज गर्नुपर्ने बताएका हुन्।

आफ्नो समूहको निष्कर्षबारे समूह सदस्य राई र गोम्बु शेर्पाले भने :

एमसीसी खारेज गर्नुपर्छ । श्रम नगर्ने असभ्य नागरिक हुन्, । श्रम संस्कृति विकास हुनुपर्छ । द्वन्द्वकालीन मुद्दा हेर्नु माग गरेका छौँ । सरकारमा बसिराख्ने, घाइते र बेपत्तालाई नहेर्ने भनेर आवाज उठेको छ । विषादी र रासायनिक मल निषेध गर्नुपर्छ । प्रारंगिक मल प्रयोग गर्नुपर्छ ।

गोम्बु शेर्पा (सोलुखुम्बु)

विचारको उचाइको तुलनामा योजना र कार्यक्रम असाध्यै कमजोर आएको छ । यसको गम्भीरतापूर्वक पुनर्लेखन गर्नुपर्‍यो । संविधानले निर्दिस्ट गरेअनुसारको पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्‍यो। समानुपातिक जाती क्षेत्रको आधारमा मात्र नभएर वर्गको आधारमा हुनुपर्‍यो ।

बेरोजगारगार समस्या र युवा विदेश पलायन रोक्ने ठोस आधारसहित दस्तावेजले बोल्नपर्‍यो । हिन्द प्रसान्त क्षेत्रमा चीनलाई रोक्ने रणनीति अन्तर्गत पश्चिमा पुँजीवादले आफ्नो गतिविधि बढाएको भनिएको छ । यसको चिन्ता हामीलाई मात्र हो कि चीनलाई पनि हो यो प्रष्ट हुनुपर्‍यो ।

एमसीसीबारे चीन बोलेको छैन, नत्र भने चीनलाई सरोकार नभएको विषयमा हामी किन बोल्ने ? चीनलाई खुसी मात्र हो कि वा कतै चीन अमेरिकासँगै पो मिलिराछ कि के था ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *