१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान

डिसी नेपाल
१४ पुष २०७८ २०:०३
28
Shares

काठमाडौं। सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ ।

भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिनबाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

सरकारले खोप लगाउन कोही नागरिक नछुटुन् भनेर १८ वर्ष माथिका खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन आह्वान गर्दै दुई वटा खोप केन्द्रमार्फत खोप लगाउने व्यवस्था गरेको जानकारी दिए। सरकारले काठमाडौँका ११ र ललितपुरका ११ वटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन थालेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *