२३५ जना नयाँ सङ्क्रमित थपिए, ४ जनाको मृत्यु

डिसी नेपाल
१६ पुष २०७८ १६:०३

काठमाडौं । पछिल्लो २४ घण्टामा २३५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । २ हजार ८८५ जनामा पीसीआर परीक्षण गरिएकोमा २२४ जनामा र १ हजार १९९ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २१२ जना कोरोना मुक्त भएको तथा ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ४ हजार ८७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *