प्रधान सेनापति शर्मा १३ दिन बिदामा

डिसी नेपाल
१६ पुष २०७८ १९:४३
2.7k
Shares

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माको २०७८ पौष १८ गतेबाट पौष ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ ।

स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १४ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सो अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्नेछन् ।

प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *