सौर्य एयरलाइन्समा सवार एक महिला स्रोत नखुलेको ५० लाखसहित पक्राउ

डिसी नेपाल
१८ पुष २०७८ ११:३८
144
Shares

काठमाडौं। विराटनगरबाट काठमाडौं आएको सौर्य एयरलाइन्समा सवार एक महिलालाई स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ गरिएको छ।

सौर्य एयरलाइन्सको उडान नं. एसएयू ७२४को उडानबाट काठमाडौ आएकी सौर्य एयरलाइन्समै कार्यरत कर्मचारी रेखा शाक्य पोखरेल पक्राउ परेकी हुन्। त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले स्रोत नखुलेको सो रकम लिन रेखा आएको र उनलाई पक्राउ गरिएको जानकारी दिए।

सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रंगको मेल व्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छिपाई राखेको रातो प्लास्टिकले बेरिएको करेण्ट चाउचाउ लेखिएको कार्टुन भित्र श्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ रू. एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका १०० वटा गरी जम्मा रू. ५० लाख फेला पारिएको थियो।

पक्राउ परेकी रेशा शाक्य पोखरेलसहित सो रकम थप अनुसन्धान र कानुनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको पनि एसएसपी मैनालीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.