इङ्लिस प्रिमियर लिग : युनाइटेड उल्भ्ससँग स्तब्ध
काठमाडौं। जुवाओ माउटिन्होको निर्णायक गोलमा उल्भ्सले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ। ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन सकेन।
८२औँ मिनेटमा माउटिन्होले गरेकाे गोल उल्भ्सको लागि तीन अंक बन्यो। खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । उल्भ्स समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment