टोटनहममाथि चेल्सीको सहज जित
काठमाडौं। कारवाओ कपको पहिलो सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सीले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ। बुधबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा काई हाभर्टजले गोल गर्दा १ गोल उपहारपाएसँगै चेल्सीले फाइनल सम्भावना उच्च बनाएको हो।
खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो। ३४औं मिनेटमा आर्सनलका विन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २-० को अग्रता बनायो ।
चेल्सीले पहिलो हाफमा गरेको अग्रता जोगाउँदै आर्सनलमाथि दवाव राख्यो। दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ। आज हुने भनिएको लिभरपुल र आर्सनलबीचको दोस्रो सेमिफाइनल खेल कोभिडका कारण स्थगित भएको छ । दुबै खेल १३ र २० जनवरीमा हुनेछ। फाइनल खेल भने २७ फेब्रुअरीमा हुनेछ।







डिसी नेपाल







Facebook Comment