विराट कोहलीकी पत्नी अनुष्का शर्माले पनि भारतको राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने
काठमाडौं। भारतको टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीकी पत्नी अनुष्का शर्मा पनि क्रिकेटर बनेकी छिन् । अनुष्काले ३ वर्षपछि आफ्नो कमब्याक प्रोजेक्टको घोषणा गरेकी छिन् । गत वर्ष छोरीलाई जन्म दिएकी अनुष्काले गर्भावस्था र छोरी जन्मिएपछि केही समय विश्राम लिएकी थिइन् ।
अनुष्काले इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म चकदा एक्सप्रेसको फर्स्टलुक साझा गरेकी छिन् । स्पोर्टस ड्रामा फिल्ममा अनुष्का पहिलो पटक क्रिकेटरको भूमिकामा देखिँदैछिन् । यो फिल्ममा अनुष्का भारतको महिला राष्ट्रिय टोलीकी पूर्व कप्तान झुलन गोस्वामीको भूमिकामा देखिँदैछिन् ।
View this post on Instagram
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment