अस्ट्रेलियन ओपन खेल्न आएका बहालवाला च्याम्पियनलाई अस्ट्रेलियाले देशमा प्रवेश गर्न दिएन

डिसी नेपाल
२२ पुष २०७८ ११:०४
276
Shares

काठमाडौं। अस्ट्रेलियन ओपनमा सहभागी हुन अस्ट्रेलिया पुगेका सिवश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलियाले प्रवेश दिन अस्वीकार गरेको छ । अस्ट्रेलियाले उनको भिसा रद्द गरिदिएको छ । सर्बियाली खेलाडी जोकोभिचलाई बुधबार मेलबर्न विमानस्थलमै रोकिएको छ । त्यसपछि उनलाई अस्ट्रेलियामा प्रवेश गर्नको लागि आवश्यक नियम पूरानगरेको जानकारी दिइएको छ ।

जोकोभिच मेलबर्न पुगिसकेपछि अधिकारीहरुले उनको टिमले खोप नलगाउने विषयमा चिकित्सकीय छुट दिने भिसाको लागि अनुरोध नगरेको पाएका थिए । अस्ट्रेलियाको सीमा बलका अनुसार जोकोभिचले अस्ट्रेलियामा प्रवेश सम्बन्धी आवश्यकताहरु पूरा गर्नको लागि पर्याप्त प्रमाण दिन सकेनन् र पछि उनको भिसा रद्द गरियो । टेनिस अस्ट्रेलियाका अनुसार दुई अलग अलग स्वतन्त्र प्यानलको समीक्षापछि जोकोभिचलाई चिकित्सकीय छुट दिइएको थियो तर समस्या त्यतिबेला सुरु भयो जब जोकोभिच बुधबार दुबइबाट मेलबर्न पुगे ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनलाई मेलबर्नमा सरकारको एक डिटेन्सन होटलमा लगिएको छ र उनी त्यहाँबाट फर्किने उडानको प्रतिक्षामा छन् । स्थानीय मिडियाका अनुसार यहाँ कोरोना संक्रमण फैलिएको थियो र हालै आगो लागेको थियो । अस्ट्रेलियन ओपनका अहिलेका च्याम्पियन जोकोभिचको खोपका विषयमा पहिलेदेखि नै विवाद चलिरहेको छ । अस्ट्रेलियन ओपनमा खेल्नको लागि उनलाई खोपको विषयमा छुट दिइएको थियो जसको पहिलेदेखि नै अस्ट्रेलियामा धेरै विरोध भएको थियो ।

जोकोभिचले आफूले खोप लगाएको वा नलगाएको बारे जानकारी दिएका छैनन् तर गत वर्ष उनले आफूले खोपको विरोध गर्ने बताएका थिए । यस विषयमा बुधबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कुनै पनि व्यक्ति देशको नियमभन्दा माथि नभएको बताए । उनका अनुसार जोकोभिचलाई अस्ट्रेलिया प्रवेशका लागि चिकित्सकीय छुट नभएको बताइएको थियो र उनले दिएका प्रमाण अपर्याप्त थिए ।

स्थानीय रिपोर्टका अनुसार अब जोकोभिचले कानुनी अपिल गर्न सक्छन् वा नयाँ भिसाको लागि आवेदन दिन सक्छन् ताकि उनी अस्ट्रेलिया प्रवेश गर्न सकुन् । अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले जोकोभिचसँग गरिएको व्यवहार कठोर तर सही भएको बताएका छन् । उनले भने ‘यो अस्ट्रेलिया सरकारमा सबैको लागि एउटै नियम छ ।’

जोकोभिचलाई अस्ट्रेलिया प्रवेश गर्न नदिइएपछि सर्बियामा विरोध भइरहेको छ । उनका पिता सर्जन जोकोभिचले आफ्ना छोरालाई विमानस्थलमा पुलिस सुरक्षामा एउटा कोठामा राखिएको बताए । उनले भने ‘यो केवल नोभाकको लडाइँ होइन यो पूरै विश्वको लडाइँ हो ।’ सर्बियाका राष्ट्र्रपति अलेक्जेण्डर वुचिचले नोभाक उत्पीडनको शिकार भएको बताउँदै पूरै सर्बिया उनको साथमा भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *