एएफसी फुटसलः नेपाल बलियो समूहमा

डिसी नेपाल
२२ पुष २०७८ १६:४५
72
Shares

काठमाडौं।नेपालले सहभागीता जनाउने एएफसी फुटसल एसिया कप छनोटको तालिका सार्वजनिक भएको छ । बिहीबार भएको ‘ड्र’ मा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै समूह ‘बी’मा छ ।

नेपाल तुलनात्मक रुपमा बलियो समूहमा परेको हो । र्किगिस्तानमा हुने छनोट खल नेपालले १० देखि १२ अप्रिलमा खेल्नेछ । छनोटको तयारीका लागि राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

प्रशिक्षक बस्नेतले २ देखि २२ असोजसम्म पोखरामा सम्पन्न राष्ट्रिय फुटसल ‘ए’डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन् । टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि काठमाडौंमा सुरू हुनेछ । टोलीले प्रारम्भिक छनोट पूरा भएपछि पोखरामा प्रशिक्षण गर्नेछ ।

यी हुन् ३२ खेलाडी–
गोलरक्षकः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमितकुमार आले
फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ
पिभोटः अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ
आलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, कृजल खड्का, मनीकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *