एरेन्ज म्यारिजबाट बचाऊ भन्दै विलबोर्डमा आफ्नै विज्ञापन गरेर प्रेमिकाकाे खाेजी
लन्डन। विवाहका लागि अधिकांश मानिसले डेटिङ एप्स वा म्याचमेकिङ वेबसाईटको सहयोग लिन्छन्। अथवा कोहीले साथीको सहयोगमा प्रेमिका छनौट गर्छन् । तर, बेलायतका मुहमद मलिकले भने अनौठो उपाय रोजेका छन्।
२९ वर्षीय मलिकले भने भावी दुलही खोज्न बेलायतको प्रख्यात सहर ब्रिमिङघाममा बिलबोर्डमा प्रचार नै गरेका छन्। उनले बिलबोर्डमा आफ्नै तस्बीर राखेका छन्। ‘मलाई एरेन्ज म्यारिज हुनबाट बचाउ,’ विलबोर्डमा उनले लेखेका छन् । बोर्डमा उनले आफ्नो वेबसाईटको नाम पनि लेखेका छन्, ताकी हुनेवाला दुलहीले उनीसँग सम्पर्क गर्न सकून।
उनको छुट्टै वेबसाईट पनि छ। भिडियोको नाम नै ‘फाइन्ड मलिक अ वाईफ’ अर्थात मलिकलाई पत्नि खोज भन्ने छ। आफू एक उद्यमी, खानेकुराप्रेमी, धार्मिक प्रवृत्तिको बताएका छन्।
‘मैले विवाहका लागि अहिलेसम्म उपर्युक्त कन्या पाइन्। केटी खोज्न गाह्राे भयो। त्यही भएर विलबोर्डमा आफ्नै विज्ञापन गरेको हुँ,’ आफ्नो अस्वभाविक तरिकाबारे उनले वेबसाइटमा उनले लेखेका छन्।
आफू व्यक्तित्व र विश्वासमा चासो राख्ने भन्दै विलबोर्डको धारण ठट्टा नभएको उनले बताएका छन् । आफू एरेन्ज म्यारिजको विपक्षमा भने नरहेको उनको भनाइ छ । ‘विभिन्न मुस्लिम संस्कारमा एरेन्ज म्यारिजको आफ्नै स्थान र परम्परा छ,’ उनले वेबसाइटमा उनले भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment