तालिबानले आफनै सैनिकहरुलाई मार्ने भयानक र कठोर निर्णय किन लियो ?

डिसी नेपाल
२४ पुष २०७८ १४:४४

काठमाडौं। तालिबानले आफ्नै सैनिकहरुलाई मार्ने भयानक र कठोर निर्णय गरेको छ । तालिबानले आत्मघाती आक्रमणकारीहरुको रुपमा आफ्नो सेनामा नयाँ भर्ती गर्ने भएको छ । अफगानिस्तानको सत्तामा आएपछि तालिबान आफ्नो प्रतिद्वन्द्वी इस्लामिक स्टेटबाट ठूलो सुरक्षा खतरा महसुस गरिरहेको छ । त्यही खतरालाई रोक्ने प्रयासमा तालिबानले यो कठोन निर्णय गरेको हो ।

अगष्ट २०२१ मा सत्तामा आउनुभन्दा पहिले तालिबानले २० वर्षको युद्धमा अमेरिकी र अफगान सैनिकहरुमाथि आक्रमण गर्न र उनहिरुलाई हराउनको लागि आत्मघाती आक्रमणकारीहरुको प्रयोग महत्वपूर्ण हतियारको रुपमा गरेको थियो । अब तालिबान सत्तामा आएपछि पनि यस्तै गर्न गइरहेको छ । तालिबान ती सबै आत्मघाती आक्रमणकारीहरुलाई फेरि आफ्नो सेनामा समावेश गर्दैछ ।

तालिबानका उप प्रवक्ता बिलाल करिमीले अब तालिबानले अफगानिस्तानको रक्षाको लागि देशभरमा छरिएका आत्मघाती आक्रमणकारीहरुलाई संगठित गरेर एक विशेष दस्ता बनाउन चाहेको बताए । यो दस्ताको मुख्य लक्ष्य इस्लामिक स्टेटका स्थानीय शाखाहरु हुनेछन् । तालिबान सत्तामा आएपछि इस्लामिक स्टेटले कम्तीमा ५ ठूला हमला गरेको छ । यीमध्ये धेरै आत्मघाती आक्रमणकारीले गरेका थिए ।

करिमीले दस्ताबारे जानकारी दिँदै भने ‘विशेष बल, जसमा शहादत चाहेहरु समावेश हुनेछन् यसको प्रयोग विशेष अभियानको लागि गरिनेछ ।’ अर्कोतर्फ पाकिस्तानसँग पनि अफगानिस्तार सरकारको तनाब बढिरहेको छ । डुरंड रेखामा तालिबान तारबार लगाउने विरुद्ध छ र पाकिस्तानले तारबार लगाउने काम जारी राखेको छ । तालिबानले कैयौं क्षेत्रमा पाकिस्तानले लगाएको तारबाट उखेलेर फ्याँकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *