माछाको आक्रमणमा समुद्र किनारमा रमाइलो गरिरहेका ४ जनाको मृत्यु, २० भन्दा धेरै घाइते

डिसी नेपाल
२४ पुष २०७८ १५:५६

काठकाडौं। केही माछाहरुले मानिसलाई नोक्सानी गर्न सक्छन् भने केही माछाहरुले मानिसको ज्यान नै लिन पनि सक्छन् । यस्तै घटना दक्षिण अमेरिकी देश पाराग्वेमा भएको छ । यहाँ पिरान्हा माछाको आक्रमणमा परेर ४ जनाको मृत्यु भएको छ । आक्रमणमा परेर २० जनाभन्दा धेरै घाइते भएका छन् । माछाले यसरी आक्रमण गरेपछि समुद्र किनार नजिकका मानिसहरु आतंकित भएका छन् ।

डेली मिररका अनुसार एक २२ वर्षका युवक गायब भएका थिए । उनका परिवारले उनलाई समुद्र किनारमा खोजी गरिरहेका थिए । त्यसपछि परिवारले यो घटनाको सूचना पुलिसलाई दिए । केही बेरपछि नै यी युवकको लाश क्षतविक्षत अवस्थामा समुद्र किनार नजिकै भेटियो । उनीमाथि यो आक्रमण त्यतिबेला भयो जतिबेला उनी समुद्र किनार नजिकै नदीमा नुहाउन गएका थिए । फरेन्सिक जाँचमा यी युवकमाथि पिरान्हा माछाले आक्रमण गरेको पुष्टि भयो ।

पिरान्हा सामान्यतया यति आक्रामक हुँदैनन् । तर, यो क्षेत्रमा भने कैयौं पटक यस किसिमका घटना भइसकेका छन् । यसअघि ४९ वर्षका व्यक्ति पनि यस्तै अवस्थामा मृत भेटिएका थिए । उनको शरीरमा टोकेका चोटहरु थिए । यस्तै गरी २ जना अरु पनि टेबिक्युरी नदी नजिकै यस्तै अवस्थामा मृत भेटिएका थिए । यो घटनापछि इतापुवाका क्लव म्यानेजर एड्रियान कोर्दोजाले पिरान्हा आम मानिसबाट टाढा रहुन् भन्नका लागि पानीमा केमिकल हाल्ने सोच बनाएको बताए ।

जीव विज्ञानी जुलियो जेभियरले एबीसीसँग कुरा गर्दै बताएअनुसार पिरान्हा माछाले आफ्नो प्रजननको समय भएका बेला आक्रमण गर्छ । धेरैजसो भाले पिरान्हा माछा मात्रै आक्रामक हुन्छन् । यिनीहरु आक्रमण भन्दा पहिले लुक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *