भारतमा २४ घण्टामा १ लाख ५९ हजारभन्दा धेरै संक्रमित
काठमाडौं। भारतमा आइतबार पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार भन्दा धेरै कोरोनाभाइरस संक्रमणका नयाँ केसहरु भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार एक दिनमा १ लाख ५९ हजार ६३२ नयाँ केसहरु भेटिएका हुन् । यो अवधिमा ३२७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले सक्रिय केसहरुको संख्या ५ लाख ९० हजार छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण ४ लाख ८३ हजार ७९० जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरिएन्टमा केसहरु पनि लगातार बढ्दै गइरहेका छन् देशमा अहिलेसम्म ३ हजार ६२३ ओमिक्रोनका केसहरु भेटिएका छन् । ओमिक्रोनबाट संक्रमित १ हजार ४०९ जना निको भएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment