उपचार गर्न जान लाग्दा जेलमा हालिएकी राजकुमारी ३ वर्षपछि रिहा

डिसी नेपाल
२५ पुष २०७८ ११:२२
220
Shares

काठमाडौं। साउदी अरेबियाकी राजकुमारी र उनकी छोरीलाई करिब ३ वर्षसम्म अति सुरक्षित जेलमा राखेपछि अन्ततः रिहा गरिएको छ । उनको रिहाइको लागि अभियान चलाउनेहरुले यसको पुष्टि गरेका छन् । राजकुमारी बसमा बिंत ससउदलाई मार्च २०१९ मा त्यतिबेला हिरासतमा लिइएको थियो जतिबेला उनी उपचारको लागि स्विट्जरल्याण्ड जाने तयारी गरिरहेकी थिइन् ।

उनलाई जेलमा हाल्नुको कारण बताइएको थिएन । उनी र उनकी छोरी सुहूदमाथि कुनै पनि अपराधको कुनै मुद्दा सुरु गरिएको थिएन । सम्भवतः राजकुमारीले मानवीय मुद्दा र संवैधानिक सुधारको पक्षमा वकालत गरेका कारण उनलाई गिरफ्तार गरिएको हुन सक्ने धेरैले अनुमान गरेका थिए । समाचार एजेन्सी एएफपीका अनुसार उनको परिवारले संयुक्त राष्ट्रसंघलाई २०२० मा एक लिखित बयानमा उनले कैयौं पटक त्यहाँको सत्ताको आलोचना गरेका कारण यस्तो गरिएको आशंका भएको बताएको थियो ।

उनका समर्थकहरुले उनको पूर्व क्राउन प्रिन्स मोहम्मद बिन नायेफसँग नजिकको सम्बन्धका कारण उनलाई हिरासतमा राखिएको दावी गरेका छन् । केही रिपोर्टमा नायेक अहिले पनि नजरबन्दमा रहेको बताइएको छ । साउदी अरबमा मानवअधिकारको लागि काम गर्ने समूह एएलक्युएसटी फर ह्युमन राइट्सले उनको रिहाइको घोषणा ट्वीटरमार्फत गरेको छ ।

समुहले ट्वीटरमा लेखेअनुसार राजधानी बाहिर अल हैर जेलमा हिरासतको क्रममा उनलाई उपचार दिन अस्वीकार गरिएको थियो जबकि उनको ज्यान खतरामा थियो । गत वर्ष अप्रिलमा ५७ वर्षकी राजकुमारीले साउदी किंग सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग आफ्नो रिहाइको लागि आग्रह गरेकी थिइन् । उनले आफूले केही गलत नगरेको र आफ्नो स्वास्थ्य लगातार खराब हुँदै गइरहेको बताउँदै रिहाइको अपिल गरेकी थिइन् ।

उनलाई २०१९ मा हिरासतमा लिइँदा उनी के समस्याको उपचार गर्न जाँदै थिइन् भन्ने कुरा पनि स्पष्ट छैन । राजकुमारी बसमा किंग सउदकी कान्छी छोरी हुन् । किंग सउदले १९५३ देखि १९६४ सम्म साउदी अरेबियामा शासन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *