माघेसंक्रान्ति मेलामा प्रतिबन्ध

डिसी नेपाल
२७ पुष २०७८ १२:२२
280
Shares

काठमाडौं। कोरोअनाभाइरस संक्रमणको लगातार बढ्दो केसहरुका बीच भारतको हरिद्वार जिल्ला प्रशासनले ११ जनवरीका दिन माघे संक्रान्तिको अवसरमा हरिद्वारमा हुने माघे संक्रान्ति मेलामा प्रतिबन्ध लगाएको छ । सरकारले हरिद्वारको ‘हर की पैडी’मा स्नान गर्न प्रतिबन्ध लगाएको हो ।

हरिद्वारका प्रमुख जिल्ला अधिकारी विनय शंकर पाण्डेले एक बयान जारी गरेका छन् । बयानमा १४ जनवरीका दिन जिल्लामा कुनै पनि बाहिरी व्यक्तिलाई आउन अनुमति नदिइने बताइएको छ । यसका अलावा ‘हर की पैडी’ मा स्थानीय र बाहिरी नागरिकलाई जान प्रतिबन्ध लगाइएको छ ।

यसका साथै जिल्लामा नाइट कर्फ्यू राती १० बजेदेखि बिहान ६ बजेसम्म जारी रहनेछ । यदि यी आदेशको उल्लंघन गरेको अवस्थामा कोही पाइएमा त्यो व्यक्तिविरुद्ध महामारी एवं विपद प्रबन्धन अधिनियम अनुसार कारवाही गरिने जिल्ला प्रशासनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *