पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार पुग्दा लाग्याे गणतन्त्र मुर्दावादकाे नारा

डिसी नेपाल
२७ पुष २०७८ १४:२७
1.2k
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन्।

पूर्वराजा सिंहदरबार अगाडि पुग्दा उनका समर्थकले गणतन्त्र मुर्दावादकाे नारा लगएका थिए। त्यहाँ ठूलाे संख्यामा पूर्वराजाका समर्थक सिंहदरबार अगाडि पुगेका थिए। पूर्वराजाले कुनै प्रतिक्रिया भने दिएनन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गरिसकेकी छिन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *