कोभिड बढेपछि तियानजिन सहरमा यात्रा प्रतिबन्ध
बेइजिङ। कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन्। संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो।
तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ। तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो।
ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्रतिबन्ध लगाएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment