कोरोना महामारी अन्त्य गर्नका लागि विश्व स्वास्थ्य संगठनका २ शर्त
काठमाडौं। कोरोनाभाइरस महामारीको नयाँ भेरिएन्ट र नयाँ लहरका बेला विश्व स्वास्थ्य संगठनले एक पटक फेरि विश्वका सबै देशसम्म भ्याक्सिन पुर्याउने कुरामा जोड दिएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एडहानोम घेब्रियेससले सोमबार यो महामारीलाई अन्त्य गर्न सम्भव भएको तर यसको लागि केही कडा कदम उठाउनुपर्ने बताएका छन् ।
डब्लुएचओ प्रमुख डा. एडहानोमले भने ‘निश्चित रुपले कोभिड–१९ लाई हराउन सकिन्छ तर विश्वभरका सबै सरकार र खोप उत्पादकहरुले २ कुरामा आश्वस्त पार्नुपर्छ । पहिलो यस्ता देशहरु जहाँ खोप पुगेको छैन र कोरोनाको जोखिम छ ती देशहरुमा खोपको आपूर्ति बढाउनुहोस् । दोस्रो मानिसहरुलाई खोप दिनको लागि आवश्यक संसाधनको पर्याप्त आपूर्ति गरिनेछ । हामी त्यति बेलासम्म कहीँ पनि सुरक्षित छैनौं जबसम्म हर कोही सुरक्षित छैन ।’
We can end the #COVID19 pandemic but governments and manufacturers must:
-Increase vaccine supplies to countries at risk with low coverage
-Ensure the resources needed to get jabs in armsWe are not safe anywhere until we are safe everywhere. #VaccinEquity https://t.co/8zbFk52UxI
— Tedros Adhanom Ghebreyesus (@DrTedros) January 10, 2022
डब्लुएचओ प्रमुखलदे २०२१ को आफ्नो अन्तिम सम्बोधनमा पनि भनेका थिए ‘कुनै पनि देश यो महामारीबाट बचेको छैन । हामीसँग कोभिड १९ लाई रोक्न र त्यसको उपचार गर्नको लागि कैयौं नयाँ उपकरण छन् । खोपको असमानता जति लामो समयसम्म जारी रहनेछ यो भाइरस विकसित हुने जोखिम त्यति नै अधिक हुनेछ जसलाई हामीले रोक्न सक्दैनौं । यदि हामीले खोपको असमानतालाई समाप्त पार्छौं भने हामी महामारीलाई पनि समाप्त पार्नेछौं ।’
केही साना र गरिब देशमा खोप अभियान त्यो अनुपातमा अगाडि बढ्न सकेको छैन जति धनी देशहरुमा भइरहेको छ । डब्लुएचओ प्रमुखले अगाडि भने ‘कोभिड १९ महामारीको तेस्रो वर्षमा प्रवेश गरेका छौं । यदि हामी सबै यससँग मिलेर लड्यौं भने मलाई विश्वास छ कि यो त्यो वर्ष हुनेछ जहाँ हामी सबैले यो महामारीलाई अन्त्य गर्नेछौं । २०२२ को मध्यसम्म सबै देशमा ७० प्रतिशत जनतालाई खोप लगाउने विश्वव्यापी लक्ष्यसम्म पुग्नको लागि सबै देशहरुले एकसाथ काम गर्नुपर्ने आवश्यकता छ ।’
डब्लुएचओ प्रमुदले पहिलेदेखि नै खोप र त्यसको लागि पर्याप्त संसाधनको महत्वमा जोड दिँदै आएका छन् । उनले यो कुरा फेरि दोहोर्याउँदै भने ‘विश्वका नेताहरुले खोप असमानतालाई समाप्त पार्न एक साथ आउनुपर्छ किनकि कैयौं देशमा खोपको कमीका कारण देशको ठूलो जनसंख्यालाई खोप लगाउन सकिएको छैन । तर, केही धनी देशले आफ्नो देशमा बुस्टर डोज पनि दिन सुरु गरेका छन् ।’ गत हप्ता पनि उनले भनेका थिए ‘यदि हामी खोपलाई सही तरिकाले बाँड्न असफल भयौं भने भाइरसका नयाँ भेरिएन्ट आइरहनेछन् र हामीलाई विनाश गरिरहनेछन् ।’







डिसी नेपाल







Facebook Comment