अर्का मन्त्रीले पनि दिए राजीनामा, सांसद र मन्त्रीले पार्टी त्याग्न थालेपछि योगी आदित्यनाथ संकटमा

डिसी नेपाल
२८ पुष २०७८ १६:३६
2.1k
Shares

काठमाडौं। उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । पछिल्लो समय मन्त्री दारा सिंह चौहानले राजीनामा दिएका हुन् । एक दिन पहिले मात्र श्रम, रोजगार तथा सहकार्य मन्त्री स्वामी प्रसाद मौर्यले पनि योगी आदित्यनाथ सरकारबाट राजीनामा दिएका थिए ।

योगी सरकारमा वन तथा पर्यावरण मन्त्री रहेका दारा सिंह चौहानले आफ्नो राजीनामा पत्रमा योगी सरकारमा पिछडिएका वर्ग र दलितहरुको उपेक्षा गरिएको आरोप लगाएका छन् । उनले आफ्नो राजीनामामा लेखेका छन् ‘सरकारको पिछडिएका, वञ्चित पारिएका, दलित, किसान र बेरोजगार युवाहरुप्रति घोर उपेक्षात्मक व्यवहारका साथसाथै पिछडिएका र दलितको आरक्षणमाथि जुन खेलवाड भइरहेको छ त्यसबाट आहत भएर मैले उत्तर प्रदेशको मन्त्रीमण्डलबाट राजीनामा दिएको छु ।’

एक दिन पहिले मात्रै योगी सरकारका श्रम, रोजगार तथा सहकार्य मन्त्री स्वामी प्रसाद मौर्यले पनि योगी सरकारबाट राजीनामा दिएका थिए । उनले पनि सरकारमाथि यस्तै आरोप लगाएका थिए । उनले १४ जनवरीमा समाजवादी पार्टीमा प्रवेश गर्ने घोषणा गरेका छन् । भारतीय जनता पार्टीका अन्य तीन जना सांसदले पनि मंगलबार पार्टी परित्यागको घोषणा गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *