अमेरिकाको चेतावनी – ‘रुसले हामीसँग कुटनैतिक सम्बन्ध र टकरावमा एउटा रोज्नुपर्छ’
काठमाडौं। अमेरिकाकी उप विदेशमन्त्री वेंडी शरमनले रुसलाई चेतावनी दिँदै उसले पश्च्मिी देशहरुसँग कूटनैतिक सम्बन्ध वा टकरावमध्ये कुनै एकलाई रोज्नुपर्ने बताएकी छिन् । युक्रेनमा तनाव घटाउने विषयमा नेटो देशहरु र रुसबीचको वार्तापछि उपविदेशमन्त्री शरमनले यो बयान दिएकी हुन् ।
रुसका उप विदेशमन्त्री अलेक्जेण्डर ग्रश्कोले नेटोले रुसका मागहरुमध्ये आफ्नो सहुलियत अनुसार मागहरु रोज्न नपाउने बताएका छन् । रुसले राखेका मागहरुमध्ये एउटा माग युक्रेन नेटोको सदस्य कहिल्यै पनि नबन्ने भन्ने पनि छ । युक्रेनको सीमा नजिकै रुसी सेना तैनाथ भएपछि पश्चिमी देशहरु र रुसबीच तनाव उत्पन्न भएको छ ।
रुसका करिब १ लाख सैनिक कथित रुपमा युक्रेनको सीमामा तैनाथ गरिएका छन् । यसबाट आक्रमणको आशंका बढेको छ । रुसको मागका विषयमा शरमनले अमेरिका र अन्य नेटो सदस्यहरुले युक्रेनलाई नेटोमा सहभागी हुनबाट रोक्न नसक्ने बताएकी छिन् । उनले सैन्य गठबन्धनमा सबैको लागि ढोका खुला भएको बताइन् । उनले कुरा अगाडि बढ्न सक्ने केही यस्ता विषयहरु पनि भएको बताउँदै अब रुसले अगाडि के चाहन्छ भन्ने उसैले निर्णय गर्नुपर्ने बताइन् ।







डिसी नेपाल







Facebook Comment