भारतमा हावाको वेग झैं फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित

डिसी नेपाल
२९ पुष २०७८ ११:५७
512
Shares

नयाँ दिल्ली। भारतमा कोभिड संक्रमण हावाको वेग झै फैलिएको छ। पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ४७ हजार कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ।

भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ। कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ। त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ।

महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ। कोभिडबाट राजधानी नयाँ दिल्ली पनि प्रभावित छ। दिल्लीमा कोभिडबाट पछिल्लो २४ घन्टामा साढे २७ हजारको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *