दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

डिसी नेपाल
२९ पुष २०७८ २१:५४
52
Shares

काठमाडौं। भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ ।

दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ ।स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ।

दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ । भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *