९० वर्षीय बृद्धालाई बलात्कार गरेको आरोपमा ३३ वर्षीय युवामाथि मुद्दा
काठमाडौं।इराकको बग्दादमा एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने बृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीय वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् ।
लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् ।अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले बृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए ।
एलमाथि ‘शारीरिक रुपमा हानि गर्ने उदेश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ । तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु बृद्धालाई अस्पताल लैजान सहयोग गरेको बताएका छन् ।
लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन् । भुईमा ढलेपछि उनी एक्सरे गर्न भन्दै अस्पताल पुगेकी थिइन् ।
एजेन्सी
No ads found for this position

डिसी नेपाल
Facebook Comment