रुसले युक्रेनमाथि आक्रमण गर्दै, अमेरिकाले जारी गर्यो चेतावनी
काठमाडौं। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले शुक्रबार मिडियासँग कुरा गर्दै रुसका अपरेटिभहरुले युक्रेनमा एक फर्जी फ्ल्याग अपरेशनको योजना बनाइरहेको बताएका छन् ताकि रुसलाई युक्रेनमाथि आक्रमण गर्ने बहाना प्राप्त होस् ।उनका अनुसार युक्रेनमाथि आक्रमण गर्नको लागि रुसले यस्तो योजना बनाइरहेको छ जसबाट यस्तो लागोस् कि युक्रेनले उसलाई आक्रमणको लागि भड्काइरहेको छ । यद्यपि रुसले यी दावीहरु खारेज गरेको छ ।
पेन्टागनका प्रवक्ता जोन किर्बिले शुक्रबार भनेका छन् ‘रुसले केही अपरेटिभहरुको एक समूहलाई एक अभियान, जसलाई हामी फर्जी फ्ल्याग अपरेशन भन्छौं, पूरा गर्नको लागि तैनाथ गरेको छ । यो अभियानलाई यसरी बनाइएको छ जसबाट यस्तो लागोस् कि यो रुस वा युक्रेनमा रुसी भाषा बोल्ने मानिसहरुमाथि आक्रमण जस्तो लागोस् ताकि रुसलाई युक्रेनभित्र प्रवेश गर्नको लागि बहाना प्राप्त होस् ।’
अमेरिकाका अनुसार यी अपरेटिभहरु शहरी क्षेत्रमा युद्ध गर्न र गोला बारुदको प्रयोगमा दक्ष छन् जसबाट रुसी समर्थक विद्रोहीहरुविरुद्ध कुनै अभियानलाई पूरा गर्न सकुन् । युक्रेनको रक्षा मन्त्रालयका अनुसार मोल्दोभाको ट्रान्सडिनस्ट्रिया क्षेत्रमा यस्तै किसिमका गतिविधिहरु पूरा गर्ने कोसिस भइरहेका छन् । यद्यपि रुसी प्रवक्ता दिमित्री पेस्कोभले यी रिपोटृहरुलाई आधारहीन बताएका छन् ।
यही बीच युक्रेनले शुक्रबार आफ्नो देशमा एक साइबर आक्रमणको लागि रुसलाई जिम्मेवार भनेको छ । यो साइबर आक्रमणमा युक्रेनका सबैजसो सरकारी वेबसाइटलाई निशाना बनाइएको थियो । यी वेबसाइटहरु अफलाइन हुनुभन्दा पहिले ती वेबसाइटबाट युक्रेनबासीको लागि एक सन्देश प्रसारित भएको थियो जसमा युक्रेनबासीहरुलाई अत्यन्तै खराब स्थितिको लागि तयार हुन भनिएको थियो ।
यो घटनाको केही समयपछि युक्रेन सरकारले यी वेबसाइटमाथि पुनः आफ्नो नियन्त्रण हासिल गरेको थियो । अमेरिका र नेटोले यो आक्रमणको निन्दा गर्दै युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् । अर्कोतर्फ रुसले अहिलेसम्म यो ह्याकबारे कुनै टिप्पणी गरेको छैन ।







डिसी नेपाल







Facebook Comment