बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

डिसी नेपाल
२ माघ २०७८ १०:००
156
Shares

बेइजिङ। बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ। बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ। आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ।

कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो। संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।

चीनले जतिसुकै यात्रा प्रतिबन्ध लगाए पनि कोभिडलाई हिउँदे ओलम्पिक अगाडि शून्यमा झार्ने सरकारको नीति सफल नहुने प्यासिफिक युनिभर्सिटीका प्राध्यापक जुल्स ब्वाईकफ बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *