लता मंगेशकरको अवस्था कस्तो छ ?

डिसी नेपाल
२ माघ २०७८ १६:२८
1.1k
Shares

काठमाडौं। बरिष्ठ गायिका लता मंगेशकरको उपचार अहिले पनि आइसीयूमै भइरहेको छ । समाचार एजेन्सी पीटीआइले आइतबार उनको उपचार गरिरहेका डाक्टरको हवाला दिँदै यो जानकारी दिएको हो । ९२ वर्षकी लता गत हप्ता हल्का लक्षणका साथ कोरोना पोजेटिभ पाइएकी थिइन् । त्यसपछि उनलाई मुम्बइको ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

लताको उमेरका कारण जोखिम बढी हुन सक्ने भएकोले पूर्वसावधानी अपनाउँदै उनको उपचार सुरुदेखि नै इन्सिेन्टिभ केयर युनिट (आइसीयू) मा भइरहेको छ । ब्रिच क्याण्डी अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले पिटिआइसँग भने ‘अहिले उहाँको उपचार आइसीयूमा भइरहेको छ ।’

लताकी भतिजी रचना शाहले बिहीबार लताको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै मिडियासँग परिवारको निजताको सम्मान गर्न आग्रह गरेकी थिइन् । भारत रत्न, दादा साहेब फाल्के जस्ता सम्मान पाएकी लता भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले आफ्नो करिअर १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । लताले भारतीय भाषामा ३० हजारभन्दा धेरै गीत गाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *