अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु

डिसी नेपाल
४ माघ २०७८ १०:०७
924
Shares

सिड्नी। अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो।

यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो। पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ ।

यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो। न्यु साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *