भारतमा कोभिडः पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु
Coronavirus on scientific background
नयाँ दिल्ली। भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ। ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ।
त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण देखिएको छ। पछिल्लो समय कोभिबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् ।
मुम्बईमा एकै दिन ३५ सुरक्षाकर्मीमा कोभिड देखिएको छ। कोभिडबाट विभिन्न राज्य प्रभावित छन् । महाराष्ट्र, केरला र नयाँ दिल्लीमा संक्रमण दर तीव्र फैलिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment