पाकिस्तानमा मारिएका श्रीलंकाली नागरिककी पत्नीलाई स्थानीय व्यापारीको ठूलो रकम सहयोग
काठमाडौं। पाकिस्तानको सियालकोटमा भिडले कुटेर हत्या गरेका श्रीलंकाली नागरिकको परिवारलाई सियालकोटका स्थानीय व्यापारीहरुले उठाएर १ लाख डलर (१ करोड १८ लाख रुपैयाँ) सहयोग गरेका छन् । यसबाहेक मृतक श्रीलंकाली नागरिक प्रियंथा दियावदानाले काम गर्दै आएको राजको इण्डष्ट्रिजले उनकी पत्नीलाई १० वर्षसम्म हरेक महिना उनको पारिश्रमिकस्वरुप २ हजार डलर (२ लाख ३७ हजार रुपैयाँ) उनको खातामा जम्मा गरिदिनेछ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सियालकोटका व्यापारीहरुको संगठन तथा राजको इण्डष्ट्रिजले गरेको यो सहयोगको प्रशंशा गरेका छन् । श्रीलंकाली नागरिक प्रियंथा सियालकोटको एक फ्याक्ट्रीमा म्यानेजरको रुपमा काम गर्थे । ३ डिसेम्बरमा हिंसक भिडले ईशनिन्दाको आरोपमा उनको कुटेर हत्या गरेको थियो । त्यसपछि उनको शव जलाइएको थियो ।
पाकिस्तानमा यो हत्या भएपछि निकै आक्रोश बढेको थियो । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले यो बर्बर हत्या निकै डरलाग्दो भन्दै पाकिस्तानी प्रधानमन्त्रीले पीडितलाई न्याय र दोषीलाई सजाय दिलाउने अपेक्षा व्यक्त गरेका थिए । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो घटनालाई पाकिस्तानकै लागि अत्याधिक लज्जाजनक दिन भनेका थिए ।







डिसी नेपाल







Facebook Comment