साउदीमा सामाजिक संजाल दुरुपयोग गर्नेलाई ५ वर्ष जेल र भारी जरिवानाको नियम लागू
काठमाडौं। साउदी अरेबियामा महिलाहरुमाथि दुर्व्यवहारका खबरहरुपछि साउदी अरबका अधिकारीहरुले यदि कसैलाई सामाजिक संजालमा निराधार हल्ला पोस्ट गरेको पाइएमा पाँच वर्षको जेल सजाय र जरिवाना समेत लगाइन सक्ने चेतावनी दिएका छन् । यसअघि रियादमा हुने तय भएको एउटा कन्सर्ट रद्द भएपछि त्यहाँबाट घर फर्किरहेका महिलाहरुमाथि दुर्व्यवहार भएको खबर सार्वजनिक भएको थियो ।
केही महिलाहरुले बीबीसीसँग कुरा गर्दै कन्सर्टपछि जे भयो त्यसबारे पोस्ट गर्न आफूहरु डराइरहेको बताएका थिए । त्यसपछि साउदी मनोरञ्जनका प्मुख तुर्की अल शेखले ट्वीट गरेर महिलाहरुमाथि दुर्व्यवहार भएको कुरा अस्वकिार गरेका थिए र उनले महिलाहरुको दावीलाई फर्जी भनेका थिए ।
१४ जनवरीका दिन बेलुका रियादमा कोरियाली पप ब्याण्ड स्ट्रे किड्सको एक सांगीतिक कन्सर्ट हुने तय थियो तर भारी वर्षा र तीब्र हावाका कारण यसलाई अन्तिम समयमा रद्द गरियो । त्यसपछि आयोजनास्थलबाट बाहिर निस्किरहेका मानिसहरुबीच हल्लाखल्ला मच्चियो । त्यसपछि सामाजिक संजालमा घर फर्किरहेका केही महिलाहरुमाथि दुर्व्यवहार गरिएको र केही घर नफर्किएको खबर फैलियो ।
यद्यपि अहिलेसम्म कन्सर्ट रद्द भएपछि त्यस दिन के भएको थियो भन्ने स्पष्ट छैन । केही मानिसहरुले दुर्व्यवहारका घटना भएको कुरा अस्वीकार गरेका छन् र कन्सर्ट रद्द गर्ने विषयमा आयोजकको समर्थन गरेको बताएका छन् । तर, केहीले भने सरकारले ती मानिसहरुलाई चुप गराउन चाहेको बताएका छन् जो खुला सोच भएको देशको रुपमा साउदीको छविलाई नोक्सानी गर्न सक्छन् ।







डिसी नेपाल







Facebook Comment