विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छ : राष्ट्रसंघ

डिसी नेपाल
५ माघ २०७८ ११:०४
52
Shares

म्याड्रिड। विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ। राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो।

सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ वर्षले कटौती भएको थियो। कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो।

‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा खोप पहुँचमा ढिलाई र यात्रुहरुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ,’ युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ।

तर, सन् २०२१ को अन्ततिर भने पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको छ। गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटक बढेका थिए । तर, मध्यपूर्वमा भने २४ प्रतिशतले घटेका थिए। एसिया प्रसान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *