भारतमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा यो महिना र अर्को महिनाको अन्त्यसम्म प्रतिबन्ध

डिसी नेपाल
५ माघ २०७८ १३:५८
420
Shares

काठमाडौं। भारतले यसअघि निर्धारित अन्तर्राष्ट्रिय व्यवसायिक यात्रुवाहक उडानमा लगाएको प्रतिबन्ध २८ फेब्रुअरीसम्मका लागि बढाएको छ । भारतको नागरिक उड्डयन मन्त्रालयका महानिर्देशकले एक सर्कुलर जारी गर्दै यसको जानकारी दिएका हुन् ।

सर्कुलरमा भनिएको छ ‘भारतबाट आउने र जाने निर्धारित अन्तर्राष्ट्रिय व्यवसायिक यात्री सेवाहरुमा लगाइएको प्रतिबन्ध २८ फेब्रुअरी २०२२ को राती ११ बजेर ५९ मिनेटसम्मको लागि लागू रहनेछ ।’ समाचार एजेन्सी एएनआइले सर्कुलरको हवाला दिँदै यो प्रतिबन्ध मालवाहक जहाजहरुमा नहुने र जुन उडानको अनुमति नागरिक उड्डयन महानिर्देशनालयले दिन्छ ती उडान पनि यो प्रतिबन्धको दायराबाट बाहिर हुने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *