पाकिस्तानी विदेशमन्त्रीले व्यंग्य गर्दै भने, चीनका राष्ट्रपति घरबाहिर निस्कन चाहन्नन्

डिसी नेपाल
६ माघ २०७८ ११:४३
124
Shares

काठमाडौं।पाकिस्तानका विदेशमन्त्री साह महमुद कुरेशीले चीनका राष्ट्रपति सी जिनपिङको आलोचना गरेको एउटा भिडियो सार्वजनिक भएको छ । चीनको यात्रा प्रतिबन्धको विषयमा पाकिस्तानी विद्यार्थीसँगको भेटमा विदेशमनत्री कुरेशीले राष्ट्रपति सीको आलोचना गरेका हुन् ।

मलेसियाबाट आएकालाई चीनमा फर्कन अनुमति दिइए पनि पाकिस्तानीलाई किन नदिइएको भन्ने एक पाकिस्तानी विद्यार्थीको प्रश्नमा विदेशमन्त्री कुरेशीले भने, ‘किनकी राष्ट्रपति सी जिनपिङ कतै पनि जान चाहन्न् ।’ कोभिडका कारण राष्ट्रपति सी पछिल्लो २४ महिनायता कुनै पनि छिमेकी मुलुकको भ्रमण गरेका छैनन् ।

त्यस्तै, पाकिस्तानी विद्यार्थीहरुलाई पनि सन् २०२० देखि चीन प्रवेशमा प्रतिबन्ध लगाइएको छ । करिव २८ हजार पाकिस्तानी विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *