अनलाइनमा भगवानको बारेमा आपत्तिजनक सन्देश पठाउँदा मृत्युदण्ड

डिसी नेपाल
६ माघ २०७८ १३:२३
108
Shares

काठमाडौं। पाकिस्तानमा एक महिलालाई ईशनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको रावलपिंडीको एक सेसन अदालतले ती महिलालाई बुधबार मृत्युदण्डको सजाय सुनाएको हो । यसका साथै अदालतले ती महिलालाई २० वर्षको जेल सजाय र डेढ लाख पाकिस्तानी रुपैयाँ जरिवानाको सजाय पनि सुनाएको छ ।

अदालतले फैसला सुनाउँदै भनेको छ ‘यो प्रमाणित भएको छ कि अनीका अतीक नामकी दोषी महिलाले पैगम्बर मोहम्मद र उनकी पत्नी आएशाको बारेमा ह्वाट्सएपमा यस्ता सन्देश पठाएकी थिइन् जो आपत्तिजनक थिए । मुस्लिम धर्ममा पैगम्बर मोहम्मद भगवान हुन् ।

अदालतले अनीकाले आफू निर्दोष भएको प्रमाण पेश गर्न नसकेकोले उनलाई फाँसीको सजाय दिने फैसला गरेको छ । पुलिस स्टेशन एफआइआर (साइबर क्राइम सर्कल) रावलपिंडीले १३ मे २०२० मा हसनात फारुक नामक व्यक्तिको उजुरीमा एक एफआइआर दर्ता गरेको थियो जसमा उनले अनीकामाथि ईशनिन्दाको आरोप लगाएका थिए ।

अनीकाका वकिलले अदालतमा सुनुवाइको क्रममा अनीकाको तर्फबाट बहस गर्दै घटनाको समय अभियुक्तको मानसिक अवस्था ठिक नभएको तर्क गरेका थिए । त्यसपछि मजिस्ट्रेटले मानसिक जाँचको आदेश दिएका थिए जो अहिलेसम्म लम्बित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *